२९ माघ २०८२, बिहिबार | February 12, 2026

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौं उडान सुरु गर्दै



काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौं पुनः उडान सुरु गर्ने भएको छ ।

कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौं उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो ।

उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौं–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौँ उडान पुनः सञ्चालन हुने छ ।”

कोभिड–१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौं–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौंका लागि योजना बनाएको बताइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : ५४ बजे

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र