२७ श्रावण २०८३, बुधबार | August 13, 2026

डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु, संक्रमितको संख्या २७ हजार बढी



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा डेंगुका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

हाल सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ५२ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको