१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सशस्त्र प्रहरीलाई गृहसचिव सिंहको निर्देशन– आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण बनाउन भूमिका खेल्नुहोस्



काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी वातावरण बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भुको बुधबार निरीक्षण गर्दै उनले यस्तो दिर्नेशन दिएका हुन् ।

उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीका बारेमा जानकारी लिएका थिए । सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतसाधनको बाबजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरूको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको उनले बताए ।

सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तोसुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताए ।

सो क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आमनागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहेको बताए ।

उनले आगामी निर्वाचन पनि भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सम्पूर्ण तयारी गरिएको बताए । जुन सुकै परिस्थितिमा पनि आमनागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ३० बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय