१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

महेन्द्र पुस्तकालयको सदस्य मनोनयनमा राजनीतिकरण गरिएको आरोप



नेपालगन्ज । लामो समयसम्म साधारण सभा नगरेर आलोचित बन्दै आएको नेपालगन्जको महेन्द्र पुस्तकालयको नयाँ नेतृत्व पनि निर्वाचित भएको १५ दिनमै विवादीत बन्न पुगेको छ । निर्वाचित भएको तेस्रो बैठकले गरेको मनोनयनमाथि नै प्रश्न उठेपछि पुस्तकालयको नेतृत्व विवादमा परेको हो ।

ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले मनोनित गरेको पाँचजना पदेन सदस्यहरु प्रति बरिष्ठ लेखक एवं विश्लेषक नरेन्द्रजङ पिटरले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै प्राज्ञ सनत रेग्मीले पुस्तकालयमा राजनीति गरेको आरोप लगाएका छन् । पिटरले नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सनत रेग्मीको पछिल्लो भूमिका नेपालगञ्जको प्राज्ञिक अभिभावक र स्वतन्त्र अगुवा बन्न नसकेर अत्यन्तै संकीर्ण कांग्रेसमात्रै बनेको आरोप लगाएका छन् । ‘बाघ बूढो भएर घाँस त खाँदैन तर झिँगा भने खान्छ भन्ने उक्ति पुस्तकालयको आफ्नै प्रयोगमा आफैँलाइ र काग्रेसीहरूलाइ मोनयन गराएर रेग्मीले देखिए ।’ उनले लेखेका छन्, – ‘त्यसमा अध्यक्ष बलराम यादव, उपाध्यक्ष पंकज श्रेष्ठ र सचिव मणि अर्यालको लाचारी देखियो ।’

पिटरले ७६ वर्षिय सनतको प्राज्ञिक ओजनले व्यक्तित्व धान्न नसकेको टिप्पणी गर्दै व्यक्तिबाट व्यक्तित्व पुग्नु समान्य भएपनि व्यक्तित्व धान्नु कठिन रहेको समेत जिकिर गरेका छन् ।

कार्यसमितिको तेस्रो बैठकले पाँचजना आमन्त्रित पदेन सदस्यहरु कार्यसमितिले चयन गर्ने विधानको व्यवस्थाअनुसार मनोनित गरेको थियो । मनोनयन गरिएका पदेन सदस्यहरुमा शिक्षित महिलातर्फ ललिता उपाध्याय, नजिकका विद्यालयका शिक्षकमा मंगलप्रसाद माविमा कार्यरत ऋचालक्ष्मी श्रेष्ठ, स्थानीय निकायको प्रतिनिधिमा पुस्तकालय अवस्थित नेपालगन्ज वडा नम्बर ८ का वडाध्यक्ष वा निजले तोकेका व्यक्ति, प्रतिष्ठित व्यक्तिमा वरिष्ठ साहित्यकार सनत रेग्मी र गैरसरकारी संस्थाका तर्फबाट सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्ट रहेका थिए ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ३१ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी