२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बत्तिसपुतलीमा शेखर समुहको चियापान, संस्थापन पक्षका कोही देखिएनन



काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समुहले चियापान कार्यक्रम आयोजना गरेको छ ।

आगामी निर्वाचनको समानुपातिक सूचीको टिकट वितरणमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउँदै आन्दोलनमा रहेको शेखर समुहले आन्दोलनकै निरन्तरतास्वरुप चियापान कार्यक्रम आयोजना गरेको हो । ‘दसैँ तिहारको शुभकामना आदानप्रदानसँगै पार्टीको आन्तरिक एकता, समान अवसर र एकताका लागि’ भनेर चियापान आयोजना गरिएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टीप्यालेसमा भैरहेको चियापानमा यो समुहका नेता, कार्यकर्ताहरु उपस्थित भएकाछन् । कार्यक्रमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी भएका छन् ।

यस्तै, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि चियापानमा सहभागी भएका छन् ।

शेखर समुहले चियापानलाई संस्थापनको विरोधमा सांकेतिक आन्दोलनको रुपमा लिएको छ । चियापानमा उपस्थित नेता कार्यकर्ताहरुले आफ्नो पार्टीभित्र न्याय खोज्नका लागि लड्नुपरेको बताएका छन् ।

शेखर समुहले समानुपातिको बन्दसूची सच्चाउन संस्थापन पक्षलाई दबाब दिइरहेको छ । चियापानमा सहभागीहरुको आवाजसुनेर थप रणनीति बनाउने शेखर पक्षको योजना रहेको छ ।

चियापान कार्यक्रममा संस्थापन पक्षका नेताहरु उपस्थित भएका छैनन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ११ : ३१ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल