४ पुस २०८२, शुक्रबार | December 20, 2025

बत्तिसपुतलीमा शेखर समुहको चियापान, संस्थापन पक्षका कोही देखिएनन



काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समुहले चियापान कार्यक्रम आयोजना गरेको छ ।

आगामी निर्वाचनको समानुपातिक सूचीको टिकट वितरणमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउँदै आन्दोलनमा रहेको शेखर समुहले आन्दोलनकै निरन्तरतास्वरुप चियापान कार्यक्रम आयोजना गरेको हो । ‘दसैँ तिहारको शुभकामना आदानप्रदानसँगै पार्टीको आन्तरिक एकता, समान अवसर र एकताका लागि’ भनेर चियापान आयोजना गरिएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टीप्यालेसमा भैरहेको चियापानमा यो समुहका नेता, कार्यकर्ताहरु उपस्थित भएकाछन् । कार्यक्रमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी भएका छन् ।

यस्तै, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि चियापानमा सहभागी भएका छन् ।

शेखर समुहले चियापानलाई संस्थापनको विरोधमा सांकेतिक आन्दोलनको रुपमा लिएको छ । चियापानमा उपस्थित नेता कार्यकर्ताहरुले आफ्नो पार्टीभित्र न्याय खोज्नका लागि लड्नुपरेको बताएका छन् ।

शेखर समुहले समानुपातिको बन्दसूची सच्चाउन संस्थापन पक्षलाई दबाब दिइरहेको छ । चियापानमा सहभागीहरुको आवाजसुनेर थप रणनीति बनाउने शेखर पक्षको योजना रहेको छ ।

चियापान कार्यक्रममा संस्थापन पक्षका नेताहरु उपस्थित भएका छैनन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ११ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको