१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

मंगलदीप अगरबत्तीको दशैं तिहार लक्षित फेष्टिभ प्याक सार्वजनिक



काठमाडौं । सूर्य नेपालले हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरेर मंगलदीप पूजा अगरबत्तीको विभिन्न ‘फेष्टिभ प्याकहरू’ सार्वजनिक गरेको छ।

चाडपर्वमा अत्यधिक मात्रामा पूजा अगरबत्तीको माग हुने हुने भएकाले यी फेष्टिभ प्याकहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ३ इन १ प्याक बजारमा उपलब्ध रहेका छन् । साथै साविक भन्दा धेरै काँटी तथा बट्टाहरू संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दनसहितको २ इन १ अगरबत्ती प्याकहरू पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यी सबै उत्पादनहरू देशभरका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने जनाइएको छ । चाडपर्व लक्षित फेस्टिभ प्याक सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : ०५ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का