२० मंसिर २०८२, शनिबार | December 6, 2025

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु



जुम्ला । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको हो । सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् ।

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ४२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय