६ श्रावण २०८३, बुधबार | July 22, 2026

लमजुङमा पर्यटकको चहलपहल बढ्दो



लमजुङ । लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो । दशै बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन् ।

होमस्टे व्यवसायीहरु पर्यटकको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन् । पछिल्लो समय लमजुङ ग्रामिण पर्यटनको हबसमेत बन्दै गएको छ । सार्कराष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ ,काउलेपानी होमस्टे, राइनासकोट होमस्टे ,बेसीशहरको खासुर, खुदीको सिउरुङ, मस्र्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिबेला पर्यटकहरु पुगेका छन् ।

घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले गाउँमा पर्यटकको सङख्या बढेको बताए । पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक विष्णु गुरुङ बताउँछिन् ।

यस्तै, लमजुङको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको गाउँशहरको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन बढेको छ । अहिले दैनिकरुपमा पारिवारिक एवं समूहगत रुपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ३७ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा