१० माघ २०८२, शनिबार | January 24, 2026

छाडाचौपायाका कारण भएको मोटरसाईल दुर्घटनाबाट बुटवलका साईमनको मृत्यु



बुटवल। सिद्धार्थ राजमार्गको बुटवल भैरहवा खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका(१ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनाबाट बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्ल मोटरसाइकलमा पछाडी सवार रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति पौने ११ बजे सडकमा छाडिएको छाडा चौपाया गाईसंग ठक्कर खाएको थियो । ।

मोटरसाइकल चालक बुटवल ८ बस्ने २० वर्षिय सागर लामालाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा  लिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ५१ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण