२५ श्रावण २०८३, सोमबार | August 10, 2026

थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किँदा नेपालगन्जका बाल्मिकीको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । सडक किनारमा रोकेर राखिएको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा घाइते भएका नेपालगन्ज् –८, त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार बाल्मिकीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० राँझास्थित सडक किनारमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान गरेको धानको थ्रेशर मेसिनमा बिहीबार राति बाल्मिकीले चलाएको भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोक्किदा उनी घाइते भएका थिए ।

ठोक्किएर गम्भीर घाइते भएका बाल्मिकीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडकमा ट्र्याक्टर रोकेर राख्ने चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ४० बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको