१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आगामि निर्वाचनमा युवा नेतृत्वलाई अगाडि सार्न सुझाव



बुटवल । आगामि निर्वाचनमा युवाहरुलाई अगाडि सार्नुपर्ने मत युवाहरुले अघि सारेका छन । शनिबार बुटवलमा यूजी क्लबले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शूभाकमना आदानप्रदान कार्यक्रममा आगामि निर्वाचनमा युवा नेतृत्वको खोजी गर्नुपर्नेमा जोड दिएका हुन । उनीहरुले बुढा नेता र युवा कार्यकर्ता बन्ने अवस्थाको अन्त्य गर्नुपर्ने बेला आएको बताए । स्वतन्त्र रुपमा उठेर युवाहरुले स्थानीय तहमा नेतृत्व हुत्याएपछि राजनीतिक दलमा आबद्धहरुले समेत युवा नेता अबको आवश्यकता भएको उनीहरुको धारणा छ ।

शूभकामना आदानप्रदान कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले मुलुक बदल्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए । उनले बुढा जति स्थायी नेता र युवा जती स्थायी मतदाता बन्ने युगको अन्त्य गर्नुपर्ने बताए ।

‘आलू किन्दा कुहिएको र नकुहिएको छुटाएर किन्ने हामीले नेता छान्दा सधैं एउटै छान्न खोज्छौं’ उनले भने –‘अब युवाहरुले साँच्चिकै रुपान्तरण खोज्न स्थायी मत फेर्नुपर्छ ।’ रुपन्देही निर्वाचन क्षेत्र न. २ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारको दावेदार रहेका गुरुङले राजनीतिमा पुस्तान्तरणको खाँचो रहेको बताए ।

कार्यक्रममा बुटवल वडा न. १३ का वडाअध्यक्ष नारायण पुनले अब आउने निर्वाचनमा युवाहरुले आफ्नै पुस्ताको नेतृत्व खोज्ने बेला आएको बताए । उनले आफू पनि युवा भएकै कारण जितेको बताउँदै अब परिवर्तन गर्नुपर्ने बताए । उनले अहिले युवाहरुको नेतृत्व गर्ने उम्मेद्वारलाई पार्टी भन्दा माथि उठेर जिताउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल क्षेत्रका सबैजसो क्लबहरुको सहभागिता रहेको थियो । युवा नेतृत्व स्थापित गराउन समेत युवा क्लबका अध्यक्षहरुले नेताहरुको ध्यानआर्कषण गराए । कार्यक्रममा यूजि क्लबका अध्यक्ष सुमन गुरुङ, फुलबारी गाईजका अध्यक्ष शिवराना, राधाकृष्ण युवा क्लबका अध्यक्ष यम बराल, मिर्मिरे युवा क्लबका अध्यक्ष इश्वर गुरुङ, गोर्खाली युवा सशक्तिकरणका अध्यक्ष भरत पुरीले बुटवलले अब युवा नेतृत्व स्थापित गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम यूजि क्लबका अध्यक्ष सुमन गुरुङको अध्यक्षता, सदस्य सुदीप केसीको स्वागत तथा सदस्य केशव खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ४४ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो