१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

घोषणापत्रमा महिला अधिकारको मुद्दा : देशका ६० निर्वाचन क्षेत्र महिला उम्मेदवार बिहिन



बुटवल । दलहरुले आफ्नो घोषणापत्रमा जतीनै महिला शसक्तिकरण र समानताको उल्लेख गरेपनि अवसरको विषयमा महिलाहरुलाई सधैं पछि नै पार्ने गरेका छन् । कानुनले सुनिश्चित बनाएको ३३ प्रतिशत अधिकारको क्षेत्रमा पनि दलहरुले महिलालाई अवसर दिन कन्जुस्याँई गर्ने गरेको वास्तबिकता आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दलले वितरण गरेको टिकटबाट पनि बुझ्न सकिन्छ ।

आसन्न निर्वाचनमा मुलुकका ६० वटा निर्वाचन क्षेत्र महिला उम्मेदवार बिहिन रहेको छ । ती क्षेत्रहरुमा दलहरुले मात्र नभएर महिलाहरुले स्वतन्त्र उम्मेदवार समेत दिएका छैनन् । महिला बिभिन निर्वाचन हुन गईरहेको प्रदेशमा मधेस प्रदेश अग्रभागमा रहेको छ । मधेस प्रदेशको राजधानी रहेको धनुषाको ३ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । लुम्बिनीको रुपन्देही ४ मा पनि महिला उम्मेदवार नरहेको निर्वाचन आयोगले जनाएको छ । बागमतीको राजधानी मकवानपुर २ मा पनि महिला उम्मेदवार छैनन् ।

महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा पछि पारेर समानुपातिकमा पनि प्रतिशत पु¥याउनका लागि मात्र बाध्यात्मक अवस्थामा महिलाहरुको नाम बन्द सूचीमा पठाईएको दलहरुले पठाएको तथ्याँकबाट अनुमान लगाउन सकिन्छ ।

प्रदेशगत हिसावले मधेश प्रदेशमा १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । त्यसैगरि प्रदेश नम्बर १ मा ११ वटा, सुदुरपश्चिम प्रदेशमा १० वटा, कर्णाली प्रदेशमा ९ वटा, गण्डकी र लुम्बिनीमा ६-६ वटा र बागमतीमा ४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार रहेका छैनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ५९ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९

बाढीपहिरोले क्षति पु-याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको

वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला । हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुङ्गा खस्दा