१६ माघ २०८२, शुक्रबार | January 30, 2026

साल्मेडाँडामा समाधिस्थल निर्माण



लेखनाथ । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ ।

पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए । पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन ।

गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने जनाइएको हो । बेलायती सेनामा भर्ना भई प्रथम र दोस्रो युद्धमा मृत्यु भएका ६० हजार नेपालीको स्मृतिमा निर्माणाधीन उक्त समाधि निर्माणमा हालसम्म १५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

पूर्वगोर्खा सैनिकहरूद्वारा पैसा उठाएर विस २०७१ देखि समाधिको निर्माण सुरु गरिएको हो । समाधि निर्माणसँगै गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा फेदीखोला गाउँवासीको छ । फेदीखोला –१ का वडाध्यक्ष अमृत क्षेत्रीले गोरखा स्मारक निर्माण सम्पन्न ग¥यौँ भने साल्मेडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने बताए ।

पछिल्ला वर्षमा प्रदेश सरकार र स्थानीय सरकारले समेत समाधि निर्माणका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले समाधि निर्माण सबैको सहयोगमा सम्पन्न गर्ने बताए । गेसोले गोरासरह पेन्सन र समान सुविधा गोर्खालाई पनि उपलब्ध गराउनुपर्ने, विश्व युद्धबन्दी र युद्धमा मारिएका ६० हजारका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतको अधिकार माग गर्दै बेलायती अदालतमा मुद्दा दर्ता गरी २७ वर्षदेखि लड्दै आएको जानकारी अध्यक्ष गुरुङले दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ५६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र