९ पुस २०८२, बुधबार | December 24, 2025

अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार



अर्घाखाँची । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्तागठवन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ । प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ ।

सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समिकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले उम्मेदवारी पाउने संभावना नरहेको कांग्रेस स्रोतले जनाएको छ ।

गठवन्धनमा रहेका दलहरुबीच अर्घाखाँची नेपाली कांग्रेसले लिने सहमति भएका समाचार विवरण बाहिर आइसकेको अवस्थामा यो पटक अर्घाखाँचीमा पुरानै उम्मेदवार मैदानमा देखिने भएका छन् । यद्यपी स्वतन्त्र उम्मेदवार को आउने हो भन्ने चर्चाको विषय बनेको छ ।

दुवैलाई स्वतन्त्रको डर

कांग्रेस नेतृ पुष्पा भुसाल चुनावको बेला बाहेक विरलै अर्घाखाँचीमा देखिने नेतृ हुन् । अर्घाखाँची आउदै नआएको आरोप लाग्ने गरेकी भुसालले चुनावको मिति नजिकिएसँगै अर्घाखाँचीमा सक्रियता बढाएकी छन् । केही दिनअघि अर्घामा कम्वल बाँड्न पुगेकी भुसालको सामाजिक सन्जालमा आलोचना समेत भएको थियो ।

यता एमालेबाट सर्वसम्मत सिफारिस भएका रायमाझी माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । प्रायजसो अर्घाखाँचीमा देखिने रायमाझीलाई पदको लोभमा पार्टी परिवर्तन गर्ने गरेको आरोप छ ।

दुवैजना पुराना अनुहारको विचमा स्वतन्त्र उम्मेदवार को आउछ भन्ने विषयले समेत निर्वाचनको परिणाममा प्रभाव पार्ने अड्कालवाजीहरु भएका छन् । सामाजिक सन्जालहरुमा केही चर्चा परिचर्चा हुनेगरेको भएपनि अर्घाखाँचीमा हालसम्म कुनैपनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा भने गरिसकेका छैनन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : ३४ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण