१५ बैशाख २०८१, शनिबार | April 28, 2024

जिल्लाको एक मात्रै ऐतिहासिक १३ तल्ले मन्दिर गुमनाम, प्रचार प्रसार नहुँदा ऐतिहासिकता समेत ओझेलमा



बुटवल । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो मन्दिर छ । ऐतिहासिक एवम् धार्मिक श्री आकाशदेवी मन्दिरको छुट्टै पहिचान र महत्त्व बोकेको भएपनी यसको उचित प्रचार प्रसार नहुँदा आफैभित्र गुमनाम जस्तै बन्न पुगेको छ ।

२००८ सालमा स्थापना भएको थियो र हाल पुनः निर्माण हुँदै जिल्लाकै अग्लो १३ तले मन्दिरको रूपमा निर्माण सम्पन्न भइसकेको छ । मन्दिर पुग्नको लागि यातायातको राम्रो पहुँच नहुँदा ओझेलमा पर्न थाले सँगै यसको प्रचार प्रसारमा स्थानीय युवाहरू लागेका छन् ।

मन्दिर परिसर भित्र देवीको मूर्ति, शिव, गणेश तथा नागको मूर्ति छन् । यहाँ तीज, शिवरात्रि, राम नवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठुलो मेला लाग्ने गरे पनि स्थानीयको भन्दा बाहिरबाट पर्यटकहरू भने पुग्दैनन् ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेयले मन्दिरको प्रचार प्रसार नहुँदा मन्दिर ओझेलमा परेको स्विकार्दै दसैँ सम्म विभिन्न कार्यक्रम गर्दै जाने बताए । उनले मन्दिरको धार्मिक र ऐतिहासिकतालाई बाहिर ल्याउनको लागि स्थानीय युवाहरूको साथ सहयोग लिएर काम गरिरहेको उनको भनाइ छ ।

स्थानीय युवा शोभाखर न्यौपानेले मन्दिरको प्रचारमा आफूहरू लागिरहेको बताउँदै यसतर्फ मिडियाले पनि ध्यान नदिएको गुनासो गरे । उनले गुमनाम मन्दिरको बारेमा प्रचार प्रसार गर्दा धेरैले यसको बारेमा थाहा पाउने बताए ।

“जिल्लामै १३ तले मन्दिर बन्दा पनि धेरैलाई थाहा नहुनु अनौठो कुरा हो । मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुन्छ भन्ने धेरैको धार्मिक विश्वास छ ।” मन्दिरका पुजारी विष्णु प्रसाद मरासिनीले भने । सीमित स्रोत र साधनका बिचमा पनि ऐतिहासिक र धार्मिक क्षेत्रको प्रवर्द्धनमा ध्यान दिँदै असीमित माग र चाहानालाई पूरा गर्ने कोसिस गरिरहेको गाउँपालिकाले जनाएको छ । छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले मन्दिर छत्रदेवको मात्रै नभई सिङ्गो अर्घाखाँचीकै पहिचान भएकोले यसको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । उनले पालिका भित्रका सबैजसो धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्ने बताए ।

छत्रदेव गाउँपालिकाले गाउँपालिका भित्रका ऐतिहासिक महत्त्व बोकेका धार्मिक एवम् ऐतिहासिक महत्त्वका स्थानहरूको बारेमा प्रसार प्रसार गर्नुपर्ने स्थानीय सुजन न्यौपाने बताउँछन् ।

यस्तो छ धार्मिक महत्त्व

मन्दिर परिसरमा किम्बदन्ती अनुसार परापुर्वकालमा उल्का पात हुँदा उक्त स्थानमा एक प्राकृतिक पोखरीको स्थापना भएको थियो र सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो ।

उक्त पोखरीलाई चुरनपोखरी नामकरण गरिएको थियो भन्ने विश्वास रहिआएको छ । तर पनि हाल यो पोखरी भेटिँदैन । यति ठुलो महत्व बोकेको पोखरी पुरिएको छ । ताराखसे पोखरीको उत्तर पूर्वमा परापूर्व कालदेखिको एउटा गाज रहेको छ, जहाँ नाग भगवानको स्थापना भएको छ ।
नाग देवताले रगतको बलि नखाने हुँदा उक्त पोखरीमा बलीको रगत पारिँदैन । यो गाजमा ठुलो दैविक शक्ति रहेको मान्यता स्थानीयहरूमा छ ।

बिशेषगरि दुर्गापुजाको समयमा नाग भएको स्थानमा धिपधिप बत्ती बलेको देखिएपछि धर्मागत न्यौपाने , देउदत्त न्यौपाने , टिका न्यौपानेका सन्तानले पूजा गर्ने, नयाँ अन्नबाली भित्र्याउँदा उक्त स्थानमा चढाउने गरी पूजाको सुरुवात गरेको पाइन्छ । पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाइमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरी पूजाको सुरुवात भएको स्थानीयहरू बताउँछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ४० बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म