३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

गाउँघरमा देखिन छाडे पिङ



लमजुङ । विगतका वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेष गरी पिङको दशैमा छुट्टै महत्व छ ।

केही वर्ष पहिला जिल्लाका विभिन्न स्थानमा पिङ देखिन्थे । दशैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ ।

पहिला पहिला दशैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको बेसिशहर ११ का डगमान श्रेष्ठ बताउछन् । “दशैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उनले भने, “आजभोलि गाउँमा पनि पिङ देख्न छाडियो ।”

पहिला–पहिला दशैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको बेसिशहर ८ कि कमला केसी बताउँछिन । विगतका वर्षमा ल प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने श्रेष्ठको भनाइ छ । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उनले भने । उनले संस्कृति जोगाउनका लागि युवापुस्ताले पिङ सस्कृतिमा चासो दिनुपर्ने उनी बताउछन् ।

सहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दशैँ मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ११ : १६ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम