१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बर्दिया हुँदै भारत प्रवेश गर्ने नेपालीले बीओपीमा बायोडाटा टिपाउनु पर्ने



बर्दिया । भारत आवत जावत गर्नका लागि अबदेखि सुरक्षा निकायलाई बायोडाटा टिपाएर मात्र आवतजावत गर्न पाइने भएको छ । बर्दियाको सीमानाकाबाट भारत जाँदा र आउँदा अवदेखि नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टमा नाम, ठेगाना, मोबाइल फोन नम्बर, जाने कारण र फर्कने समय टिपाउनु पर्नेछ ।

बढैयाताल गाउँपालिकास्थित फुटाहा सुरक्षा पोष्टमा दैनिक हजार बढी मानिस सिमावर्ती बजार बलैगाउँमा प्रवेश गर्नुअगावै नाम दर्ता गरी आउजाउ गर्ने गरेका छन् । सीमापारि बजार पुग्दा घना जंगल भएका कारण कुनै अप्रिय घटना नहोस् भन्दै नेपाली नागरिकको बायोडाटा लिने गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विगतमा जुनसुकै बाटो प्रयोग गरी जंगलको बाटो जाँदा अप्रिय घटना घट्न थालेपछि यहाँ एउटै नाका प्रयोग गर्न लगाइएको सशस्त्र प्रहरी उपरिक्षक जहरसिंह बुढामगरले बताए । यस बाटो हुँदै बिहानैदेखि सयौं मानिस किनमेल गर्न जाँदा उनीहरुको सुरक्षालाई ध्यानमा दिई यो नियम लागू गरिएको सशस्त्र प्रहरी उपरिक्षक बुढामगरले जनाए ।

बीओपी फुटाहाले बिहान ६ देखि बेलुकी ६ बजे सम्ममात्र मानिसलाई भारत प्रवेश गर्न दिने गरेको छ । भारतको सीमावर्ती मुर्तिहामा आउजाउ गर्ने हरेक सवारी साधनको अभिलेख र मानिसको संख्या समेत टिपेर राख्ने गरिएको सशस्ब एसपी बुढामगरले बताए ।

सशस्त्ररले यो नियम बर्दियासँग जोडिएको परम्परागत नाकामा लागू गरेको हो । यसैगरि भारतसँग जोडिएको आठ वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । चाडपर्वमात्र होइन यो नियम निरन्तर जारी राख्न सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले बिओपीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ५४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो