१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

महरा समानुपातिकबाट आउट, के लड्लान् त प्रत्यक्ष निर्वाचन ?



बुटवल। लगातार हरेक निर्वाचनमा प्रत्येक्ष निर्वाचनमा टिकट पाईरहेका र हरेक पटक सत्ताको महत्वपूर्ण जिम्मेवारीमा रहँदै आएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीमा राखिएपनि पछि आएर हटाइएको छ ।

समानुपातिक सूचीमा १ नम्बरमा राखिएको महराको नाम समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्रले जनाएको छ । उनकै आग्रहमा नाम हटाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । समानुपातिक सूची बुझाए लगत्तै पत्रकारहरुसँग महराले आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनका लागि समानुपातिकमा बसेको बताएपनि अन्तिममा आएर महरा आफैले समानुपातिकको सूचीबाट नाम हटाउन लगाएका हुन् ।

महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जितेका थिए । २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३÷६४ को अन्तरिम संसदमा समेत थिए ।

महरा समानुपातिक सूचीबाट हटेपछि प्रत्येक्षमा लड्छन् वा चुनावै लड्दैनन् भन्ने विषयमा माओवादीले स्पष्ट पारेको छैन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ५ : २४ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको