११ असार २०८३, बिहिबार | June 25, 2026

महरा समानुपातिकबाट आउट, के लड्लान् त प्रत्यक्ष निर्वाचन ?



बुटवल। लगातार हरेक निर्वाचनमा प्रत्येक्ष निर्वाचनमा टिकट पाईरहेका र हरेक पटक सत्ताको महत्वपूर्ण जिम्मेवारीमा रहँदै आएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीमा राखिएपनि पछि आएर हटाइएको छ ।

समानुपातिक सूचीमा १ नम्बरमा राखिएको महराको नाम समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्रले जनाएको छ । उनकै आग्रहमा नाम हटाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । समानुपातिक सूची बुझाए लगत्तै पत्रकारहरुसँग महराले आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनका लागि समानुपातिकमा बसेको बताएपनि अन्तिममा आएर महरा आफैले समानुपातिकको सूचीबाट नाम हटाउन लगाएका हुन् ।

महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जितेका थिए । २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३÷६४ को अन्तरिम संसदमा समेत थिए ।

महरा समानुपातिक सूचीबाट हटेपछि प्रत्येक्षमा लड्छन् वा चुनावै लड्दैनन् भन्ने विषयमा माओवादीले स्पष्ट पारेको छैन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ५ : २४ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा