७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवलका नगर प्रमुख पाण्डेयलाई स्याङ्जामा सम्मान



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई स्याङ्जाको कालीगण्डकीमा सम्मान गरिएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्बाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्जाको कालिगण्डकी २ कोटाकोट पुगेका पाण्डेयलाई सोमबार स्थानीयले स्वागत तथा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले बुटवललाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए । उनले निर्वाचित भएपछि आफू जन्मस्थलमा आउन चाहेपनि बजेट निर्माण, बुटवलको मुख्य सडक र ज्योतिनगर पहिरो समस्याका कारण जन्मस्थल आउन ढिलो भएको जनाए । बुटवलको चौराहादेखि गोलपार्क सडक निर्माणको कामको लागि उपमहानगरले सहजिकरण गरेको र सडक निर्माणको काम सम्पन्न हुने तर्फ अगाडि बढेको उनले जानकारी दिए ।

बुटवलसँगै आफ्नो जन्मस्थल कालिगण्डकी गाउँपालिकाको विकासमा आफुले पहल गर्ने पनि उनले बताए । कालिगण्डकी वडा नं. २ का वडाध्यक्ष खगिसरा गाहाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ववडाध्यक्ष नर बहादुर राना, नेपाली काँगे्रसका वडा सभापति शमसेर राना, समाज कल्याण युवा परिवारका अध्यक्ष लेखराज पाण्डेय लगायतले कार्यक्रममा बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
उनीहरुले कालिगण्डकी गाउँपालिकाले सफल नेतृत्व जन्माउन सफल भएको समेत बताए । बुटवलको विकाससँगै कालिगण्डकी गाउँपालिकाको विकासमा पनि प्रभावकारी भूमिका खेल्न प्रमुख पाण्डेयलाई स्थानीयबासीले आग्रह गरेका थिए ।

नगर प्रमुख पाण्डेय सोही अवसरमा स्याङ्गजाको प्रसिद्ध आलमदेवी शक्तिपीठको दर्शन गरेका थिए । उपमहानगर प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्गजाको कालिगण्डकी गाउँपालिका वडा नं. २ कोटाकोट पुगेका पाण्डेय महाअष्टमीको अवसरमा आलमदेवी मन्दिर दर्शनको लागि पुगेका हुन् ।

शक्तिपीठमा पुगेर उनले सबैलाई दशैंको शुभकामना दिँदै बुटवललाई देशकै सबल आर्थिक केन्द्र रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : ४४ बजे

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज