१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

विश्व पशु दिवस : पशु संरक्षणमा चुनौती


१८ आश्विन २०७९, मंगलबार  

156
Shares

दोधारा चाँदनी । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ ।

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्र्बन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दू धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकको रुपमा पूजा गर्ने संस्कार रहेको छ ।

विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने प्रचलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ तर पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पाँच वर्षदेखि छाडा पशुका उपचारमा खटिएका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुले पछिल्लो समय पशुप्रति मानव क्रुर हुन थालेको बताए । “दूध दिने बेलासम्म गाई बाध्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ ।” उनले भने, “गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।” उनले आफू पाँच वर्षदेखि निरन्तररुपमा छाडा पशुको संरक्षण, घाइतेको उपचारमा खटिएको बताए ।

“पशुलाई धर्ममा पुजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेका छैन ।” उनले भने, “यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन् त्यहाँ राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।” उहाँले पशु संरक्षणका लागि सबैले सचेत हुनुपर्ने बताए ।

त्यसैगरी छाडा पशुको स्वाहारमा खटिएका यहाँमा स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानवीय व्यवहार नभएको बताए । “मानिस स्वार्थी भए दूध दिए मात्रै पाल्ने नभए सडकमा छोड्ने जुन प्रवृत्ति छ यसले ठूलो समस्या सिर्जना गरेको छ ।” उनले भने, “राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रतिसमेत मानवीय व्यवहार भएको छैन ।” उनले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताए ।

बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाडा पशु संरक्षणका लागि यहाँका दुई नगरपालिकाले संयुक्त प्रयास गरिरहेको जानकारी दिए । बेदकोट र भीमदत्त नगरपालिकाले संयुक्त कार्यदल बनाएर छाडा पशु संरक्षणका लागि काम गरिरहेको उनले बताए । “दुवै पालिकाको संयुक्त कार्यदल गठन गरेर काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “बेदकोट–४ मा १२ विघा जमिन भाडामा लिएर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।”

सडकमा पशुलाई छाडा छोड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरुपसमेत हुने गरेको छ । जनावरको संरक्षणका लागि सबै पक्षले सचेत भए मात्रै पशु संरक्षण गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : ३४ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका