३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मन्दिर दर्शन गर्न सवारी बोकेर जाँदै गरेको जीप पाल्पामा दुर्घटना



बुटवल । पाल्पाको रैनादेबी छहरामा जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रैनादेबी मन्दिरको दर्शनका लागि जाँदै गरेको जीप रैनादेबी छहरा ३ मा कच्ची सडकमा आफै ब्याक हुन गई दुर्घटना भएको हो । लु १ ज २५८३ नम्बरको जीपमा सवार १६ जना मध्य ४ जना घाइते भएकोमा रैनादेबी छहरा अमिलेका स्थानीय १८ वर्षिय रितिक परियार र १७ वर्षिय सुनिल परियार गम्भीर घाइते भएका छन् भने छचुवाका ४० वर्षिय चालक खगेन्द्र बहादुर कुमार र सोही स्थानका २१ वर्षिय सरिता कुमाल समान्य घाइते भएका छन् । अन्य १२ जनाको अवस्था भने सामान्य रहेकाले घर पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनमा उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : ५६ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण