२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

धर्म निरपेक्ष कम्युनिष्टहरुका धर्म सापेक्ष आचरण : वैचारिक स्खलन की नवसामन्ती चिन्तन ?



पंचायतका विरोध गर्दा होस् वा गणतन्त्रका लागि लड्डा नेपालका कम्युनिष्टहरुले धर्मलाई सधैं अफिमको दर्जा दिए । धर्म अफिम जस्तै नशा हो भनेर कार्यकर्तालाई प्रशिक्षण दिए । राज्य कुनै एक धर्मको हुँदैन भन्दै राज्यलाई धर्म निरपेक्ष बनाउनु पर्ने नारा पनि कम्युनिष्टहरुले नै सारे । कम्युनिष्ट नेताहरुको धर्म प्रतिको तर्कपूर्ण भनाईहरुबाट आकर्षित भएर धेरै युवाहरु कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

एक जमाना थियो, धार्मिक ग्रन्थ मिल्काएर युवाहरुले पुरातन र धर्मको धज्जी उडाइएको मोदनाथ प्रश्रितले लेखेका देवासुर संग्राम बढ्ने गर्दथे । देवासुर संग्राम पढेर धर्मशास्त्रमा रहेका अन्धविश्वासका विरुद्ध कम्युनिष्ट युवाहरुले बहस गर्थे । राजनीति गर्ने मान्छेहरु एउटा धर्म, एउटा समुदाय र एउटा क्षेत्रमा अडिनु हुँदैन भन्दै सबै धर्म, संस्कृति, जाती र भाषाले समान अधिकार पाउनु पर्छ भन्दै हिंड्थे । राजनीतिक मान्छेहरु सबैको साझा हुनु पर्छ भन्ने उनीहरुको गुलियो प्रवचन सुनेर कम्युनिष्ट विचारलाई आदर्श सम्झँदै जनै पोल्दै कम्युनिष्ट पार्टीको सदस्य बनेको र देश र जनताका लागि मर्ने बाँच्ने सपथ खाउका धेरै कम्युनिष्ट नेताहरु अझै ज्युदै छन् । ती सबै बहसलाई द्वन्दात्मक भौतिबादको संज्ञा दिँदै कम्युनिष्टहरु भौतिकवादी हुनु पर्छ पनि भन्ने गर्दथे ।

तीनै आदर्श र विचारका कारण राणा, पंचायत र बुर्जुवा प्रजातन्त्रका विरुद्ध संघर्ष गर्दै कम्युनिष्ट पार्टी जव नेपालमा ठुलो बन्यो । उपयोग मात्र गर्ने भन्दै जव कम्युनिष्टहरु संसदीय व्यवस्थामा प्रवेश गरे । तव देखि नै नेपालका कम्युनिष्टहरुमा बैचारिक स्खलन शुरु भयो । जीवनभर भौतिकवादको ब्याख्या गर्ने मोदनाथ मन्त्रालयमा मन्त्री बनेर पस्नु अघि चरु होमेर मात्र पसे, जनतामा घुलमिल हुने बहानामा प्रचण्डले भेंसीको सम्म पुजा गरे । केपी ओलीले त पशुपतिनाथको भाकल गर्दै सुनको जलहरी चढाउन पनि भ्याए ।

तीनै आदर्श र विचारका कारण राणा, पंचायत र बुर्जुवा प्रजातन्त्रका विरुद्ध संघर्ष गर्दै कम्युनिष्ट पार्टी जव नेपालमा ठुलो बन्यो । उपयोग मात्र गर्ने भन्दै जव कम्युनिष्टहरु संसदीय व्यवस्थामा प्रवेश गरे । तव देखि नै नेपालका कम्युनिष्टहरुमा बैचारिक स्खलन शुरु भयो ।

कम्युनिष्ट संगठन बनाउँदा दशैंको टिकालाई अनुत्पादक र बुर्जुवा पर्वको संज्ञा दिने तिनै कम्युनिष्टहरु जव सत्तामा पुगे, यीनीहरुमा नवसामन्ती चिन्तनले जरो गाड्यो । पंचायत र प्रजातन्त्रकाल सम्म राजाको दरवारमा टिका थाप्न जानुलाई दासत्व स्विकार गर्नु हो भन्ने कम्युनिष्ट नेता राष्ट्रपति सम्म पुग्दा टिका लगाउनेहरुका बीच पनि वर्ग छुट्याएर फरक फरक समयमा टिका बक्स हुने सूचना जारी भएको छ । पंचायत र प्रजातन्त्रकालमा पंचे र कांग्रेसहरुले राजाका हातबाट टिका थाप्दा खिस्याउने कम्युनिष्ट नेत्री बिद्या भण्डारीको राष्ट्रपतिकालमा फरक वर्ग छुट्याएर फकर फरक समयमा टिका थाप्न आउन उर्दी जारी गरिएको छ ।

‘टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यलयले दुईथरि कार्यक्रम राखेको छ । विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

गणतान्त्रिक नेपालका राष्ट्र प्रमुखले जहाँबाट यो चलन सिके त्यो चलन चलाउने पूर्व राजा ज्ञानेन्द्रले भने यस पटक सर्वसाधारणलाई टीका नलगाइदिने बताएका छन् ।

विगत ३ वर्षदेखि टिका लगाईदिन छाडेका पूर्व राजा ज्ञानेन्द्रले यस पटक पनि टिका नलगाईदिने भएका छन् । सामान्ती संस्कारबाटै हुकिएका पूर्व राजाले टिका नलगाइदिने घोषणा गरेपनि कम्युनिष्ट पृष्ठभूमिबाट राष्ट्रपति बनेकी बिद्या भण्डारीले भने सरकारी आवासमा नौ कन्या बोलाएर पुजा अर्चना गर्ने देखि विशिष्ट र सर्वसाधारणको वर्ग छुट्याएर टिका लगाइदिने भएकी छन् ।

विगत ३ वर्षदेखि टिका लगाईदिन छाडेका पूर्व राजा ज्ञानेन्द्रले यस पटक पनि टिका नलगाईदिने भएका छन् । सामान्ती संस्कारबाटै हुकिएका पूर्व राजाले टिका नलगाइदिने घोषणा गरेपनि कम्युनिष्ट पृष्ठभूमिबाट राष्ट्रपति बनेकी बिद्या भण्डारीले भने सरकारी आवासमा नौ कन्या बोलाएर पुजा अर्चना गर्ने देखि विशिष्ट र सर्वसाधारणको वर्ग छुट्याएर टिका लगाइदिने भएकी छन् ।

धर्म सापेक्ष हिन्दु राज्य रहँदा सम्म राजनतिमा धर्म मिसाउने विषयको धुँवाधार विरोध गर्ने कम्युनिष्टहरु मुलुकलाई धर्म निरपेक्ष घोषणा गरिसकेपछि त्यस विपरित गतिबिधि गर्न उद्देत देखिन्छन् । राजाकै संस्कार सापती लिँदै राज्यको धन खर्च गरेर शक्ति पिठहरु धाउने, एउटा मात्र धर्मको आस्था रहने पर्वहरुमा मात्र सरिक हुने, जनतालाई रैतीकै तुलना गर्दै टिका बक्स दिने जस्ता क्रियाकलापले देश धर्म निरपेक्ष भै नसकेको नै पुष्टि गर्दछ । राज्यको नुन खाईसकेपछि राज्यमा रहेका सबै धर्म, समुदाय र वर्गको सझा व्यक्तित्व र संस्था बन्नु पर्नेमा नेपालका कम्युनिष्ट नेताहरुले देखाउने चरित्रले उनिहरुको बैचारिक स्खलन स्पष्ट पार्ने गरेको छ ।

सरकारी ओहोदामा पुगेपछि ब्यक्ति यक्ति नरहेर संस्था हुने गर्दछ । ब्यक्तिको ब्यक्तिगत धारणा, आस्था र संस्कृति हुन सक्दछ । तर संस्था सबैको साझा बन्न सक्नु नै धर्म निरपेक्षताको अर्थ हो । नेपालमा कम्युनिष्ट पार्टीबाट सत्तामा पुगेका नेताहरुको क्रियाकलापले संघर्षबाट प्राप्त धर्मनिरपेक्षताको धज्जी त उडाएको छ नै, आफ्नै दर्शन र सिद्धान्तबाट पनि तीतिहरु स्खलित भएका छन् ।

एउटा कम्युनिष्ट नेताका लागि हिन्दुहरुप्रति जति सम्मान हुनु पर्दछ त्यत्ती नै मुस्लिम, सिख, ईसाई र बौद्ध धर्म प्रति पनि सम्मान हुनु पर्दछ । एउटा कम्युनिष्ट नेता हिन्दु, मुस्लिम, सिख इसाई सबैको साझा बन्न सक्नु पर्दछ । पार्टीमा रहँदा, युद्धमा र आन्दोलनमा रहँदा सबैको साझा बनेका कम्युनिष्टहरु सत्तामा पुगेपछि किन स्खलित भए होलान् ?

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ६ : ३८ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि