२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पर्वतको दुर्लुङगबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ



पर्वत । पर्वतको दुर्लुङगबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी सहित २ जना पक्राउ परेका छन् ।

कुश्मा नगरपालिका-७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका(७ बस्ने ३३ वर्षीय विक्रम राना मगरलाई नेपालमा प्रतिबन्धित औषधी डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो।

पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ५७ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षपछि

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि गयो सर्वोच्च अदालत

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ र

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९