२७ श्रावण २०८३, बुधबार | August 13, 2026

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो



राजविराज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादशैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका-१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए ।

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबभन्दा प्रथम स्थानमा परेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भलुवा निवासी सरोज मण्डलको राँगाको बलि चढाइएको थियो । भारदह गाउँभरिबाट बलि प्रदानका लागि आएकाहरुबीच गोलाप्रथा लगाउने अनि जसको पहिलो नम्बरमा आउँछ उसैको पशुलाई पहिले बलि दिइने गरिन्छ ।

त्यसपछि बलि प्रदानको लागि विभिन्न जिल्ला तथा टिमेकी मुलुक भारतका विहार राज्यबाट आएका अन्य व्यक्तिको राँगालाई बलि दिइएको थियो । मङ्गलबार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो ।

यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहरीमा खसीबोकाको बलि दिएको थियो । आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ । गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो । साथै दुई वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो ।

कोरोना महामारीका कारण नेपाल-भारत सीमानाका बन्द हुँदा त्यहाँका भक्तजन आउन नसकेको हुँदा राँगा बलिमा कमी अएको बताइएको थियो ।

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा आएका दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ०२ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको