६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

आधुनिक घट्टले खुड्खुडीमा फेरियो दैनिकी



सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका( ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालो कुरेपछि मात्रै पिसेर घर फर्किन्थे । बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे ।

तर, अचेल उनको दिन फेरिएका छन् । गहुँ, मकै पिसानी गर्न दुःखै छैन । गाउँमै आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा यो परिवर्तन आएको हो । ठाटीकाँध( ३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए । बिहान भालेको डाकोसँगै उठ्थिन । कुम्लोकुटिरो बोकेर टार्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन् । सित्तिमित्ती घट्ट पिस्ने पालो पाउदैन थियो । घट्टमा भीड हुन्थ्यो ।

अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन् उनी । लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए । तर, अहिले दिन फेरिएका छन् । ठाटीकाँध गाउँपालिका(३ खुड्खुडीमा आधुनिक घट्ट निर्माण भएपछि यहाँका एक सय चार घरदुरी लाभावन्वित भएका हुन् । अहिले आधा(एक घण्टामै घट्ट पिस्ने सुविधा छ ।

उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ । ठाटीकाँध गाउँपालिका र युयनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एकसय चार घर लाभान्वित भएका हुन् ।

ठाटीकाँध गाउँपालिका र युयनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । अन्न पिस्न आउनेहरूले प्रति बोरा ज्यालास्वरुप ५० र ३० केजी पिसेबापत तीन कुरुवा अन्न कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ५४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का