१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एएफसी यु–१७ एसियन कप : नेपाल थाइल्यान्डसंग पराजित



काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३(० ले पराजित भएको छ ।

भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे ।

३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो । ६५औं मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २(० को अग्रता बनायो । ७८औं मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे ।

समूह ‘एफ’मा रहेको नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ५३ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल