१० असार २०८३, बुधबार | June 24, 2026

कसरी जुराइन्छ समुद्री आँधीको नाम ?



न्युयोर्क । समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् ।

यसै साता शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीले अमेरिकाको फ्लोरिडा राज्यमामा ठूलो भौतिक क्षति गरेको थियो । आँधीपछिको वर्षाका कारण कैयौँ घरहरू डुबेका थिए । आँधीका कारण १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका थिए आँधी हरेक क्षेत्रमा आउने गर्छ । आज हामी आँधीको क्षति भन्दा पनि त्यसको नाम कसरी जुराइन्छ भन्ने विषयमा चर्चा गर्न लागिरहेका छौँ ।

आँधीको पहिचान, त्यसले पु-याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामाकरण गर्ने अभ्यास छ । आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो बनाउने विज्ञहरू बताउँछन् ।

यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदैछ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ । सुरूवाती दिनमा आँधीको नाम जथाभावी राखिन्थ्यो । सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरू भएको हो ।

सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो । विस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको बर्णअनुसार नाम राख्न थाले । जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो । अर्को पटक आउने आँधीलाई बीबाट नामाकरण गरियो ।

यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । र, ती सेन्टर विश्व जलवायु संगठन (डब्लुएमओ) को अन्तराष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।

सन् १९७९ पछि पहिलो पटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । सामान्यतया आँधका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ । तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ ।

तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ । विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक वैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।

आँधीका कुख्यात नाम जस्तै म्याङहट (सन् २०१८ मा फिलिपिन्समा), इर्मा एन्ड म्यारिया (सन् २०१७ मा क्यारिवियनमा), हायन (सन् २०१३ मा फिलिपिन्समा), स्यान्डी (सन् २०१२ मा अमेरिकामा) क्याट्रिना (सन् २००५ मा अमेरिकामा), मिच (सन् १९९८ मा होन्डुरसमा) र ट्रेसी (सन् १९४७ मा डार्विनमा) को नाम सूचीबाट हटाइएको थियो ।

एजेन्सी

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ७ : ५० बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३