२७ श्रावण २०८३, बुधबार | August 13, 2026

वर्षा अझै ३ दिन कायम रहने; भोलि लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका नदीको बहावले खतराको संकेत नाघ्ने पूर्वानुमान



काठमाडौं । गत १८ गतेबाट परेको अविरल वर्षा र वर्षाका कारण आएको बाढी पहिरो अझै ३ दिन कायम रहने छ । मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार आगामी ३ दिन मुलुकका विभिन्न भागमा नदीको सतह बढ्ने, बाढी र पहिरो आउने पूर्वानुमान छ ।

आगामी तीन दिन गण्डकी प्रदेशको नारायणी, लुम्बिनी प्रदेशको तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । ती नदीहरुले खतराको तह नाघ्न सक्ने पूर्वानुमान गरेको छ ।

बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरुमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । वर्षा जारी रहेको र बाढी बढ्दो क्रममा रहेको पनि जनाइएको छ ।

सूचनामा लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यसैगरी झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा गोरखा, लम्जुङ, कास्की, मनाङ, मुस्ताङका नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ । यसैगरी बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।

असोज २१ गते भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने छ

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १० : ०७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको