२७ श्रावण २०८३, बुधबार | August 12, 2026

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ, हथकडी लगाएर लग्यो प्रहरीले



काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् ।

दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीले बताए ।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो ।

प्रहरीले सन्दीपलाई हथकडी लगाएर लिएर गएको छ । उनलाई प्रहरी वृत्त गौशला लगिएको छ ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

उनीविरुद्ध इन्टरपोललबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो ।

बलात्कारसम्बन्धी मुद्दा बढीमा २५ दिनभित्र अदालतमा बुझाउनुपर्छ । यस्तोमा सन्दीप बढीमा २५ दिन प्रहरी हिरासतमा रहन सक्छन् ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।

उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटेल कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : १२ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको