२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बलात्कार आरोपी प्रहरी निरीक्षक सालोलाई छुटाउन कांग्रेस नेता भरतकुमार शाहको दवाव



बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सुरु भएको पाइएको छ ।

सत्ता र सक्तिको आडमा गतवर्ष मंसिर ४ गते खानिखोला पुगेका प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई छुटाउन सार्वजनिक लेखा समितिका पुर्व सभापति भरतकुमार शाह सहित नेपाली कांग्रेसका नेताहरुले प्रहरी प्रधान कार्यालय मार्फत दवाव दिन थालेका प्रहरी स्रोतले दाबी गरेको छ । कांग्रेस नेता शाह रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७४ सालको निर्वाचनमा विजयी सांसद हुन् । उनी अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै छन् ।

धादिङका एक प्रहरी अधिकृतका अनुसार ढुंगानालाई मिलाएर मुद्दा चलाउन र सहज बनाउन दवाव दिदै शाहलगायत बालुवाटारबाट समेत पटक पटक फोन आउने गरेको छ । धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले फोनबाट आउने दवावका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेको प्रहरी अधिकृतहरु बताउँछन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहकी श्रीमती कांग्रेस रुपन्देहीकी उपसभापति अनिता ढुंगाना शाहका सहोदर भाई हुन् । भरतकुमार शाह प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका अति निकटस्थ हु्न् ।

यतिमात्रै होईन लम्जुङको सुन्दरबजार नगरपालिका घर भई काठमाडौ बसोबास गर्दै आएका ढुंगाना कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका नजिकका आफन्त समेत भएकोले प्रहरीमा पटक पटक आकर्षक पोष्टिङ पाउँदै आएको प्रहरीभित्र ब्यापक चर्चा हुने गरेको छ । उनलाई सहज हुने वातावरण बनाउन पौडेलसमेत सक्रिय रहेको पाइएको छ ।

धादिङका एक प्रहरी अधिकारीका अनुसार यसअघि पनि एकजना महिला प्रहरी अधिकृतमाथि जवर्जस्ती करणी प्रयत्न गरेको मौखिक उजुरी थियो तर ढुंगानाले बालुवाटारको शक्ति प्रयोग गरेर ती अधिकृतलाई सरुवा मात्रै गराएनन् यो बिषय उठाए जुनसकुै बेला जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए ।

“ढुंगाना सरको खानिखोलामै यसपटक तेश्रो पटक हो, उहाँलाई मापसे गरेपछि नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ”–ती प्रहरी अधिकृतले भने । राति एक बजे घटना घटाएर बिहान काठमाडौ पुगेका ढुंगानालाई गएको शनिवार साँझबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ८ : १७ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्