३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

दक्षिण अफ्रिकाले भारतलाई हरायो



काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछी खेल ४० ओभरमा झारिएको थियो । जितसंगै तीन खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १-० को अग्रता बनाएको छ ।

२ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा समेटियो । भारतका सन्जु सामसनले अविजित ८६ रन बनाए । श्रेयस आयरले ५० रनको योगदान गरे । दक्षिण अफ्रीकाका लुंगी एनजीडीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित ७५ रन बनाए । हेनरिक क्लासेनले अविजित ७४ रनको योगदान गरे । भारतका सार्दुल ठाकुरले २ विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : १२ बजे

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले

लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान, नेपालगन्जका फार्मेसी तथा औषधि पसल अनुगमन कडा पारिँदै

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्ब्यसन तथा ओसारपसारविरुद्धको

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

काठमाडौं । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस

पाल्पा जीप दुर्घटनामा थप एकजनाको मृत्यु, तेह्र घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको