काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन समितिको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने बताइएको छ । बिहीबार बोलाइएको समितिको बैठक बस्न सकेको थिएन ।
कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक-फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने बताइएको छ ।



















प्रतिक्रिया