२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

वालिङ-जगत सडकखण्ड अवरुद्ध



वालिङ । स्याङ्जाको वालिङ-जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका-६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ-५ झल्र्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो ।

गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ-५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए ।

अविरल वर्षाका कारण ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन् ।

दशैँ बिदाका बेला अपरेटर टीका थाप्न घरघरमा रहेको हुँदा केही ढिला भएको छ । अपरेटरलाई खबर गरिएको र उनीहरु बिहानै आइसकेकाले जतिसक्दो छिटो अवरुद्ध सडक खुलाउन प्रयास गरिने उनको भनाइ थियो ।

अरु बेलामा पनि सवारीसाधनको चाप बढी हुने यस सडकमा दशैँको बेला झनै बढी चाप हुने गर्छ । अवरुद्ध बाटो खुलाउन कम्तीमा पनि चार÷पाँच घण्टा लाग्नसक्ने वडाध्यक्ष आलेले बताए । मङ्गलबार रातिदेखि अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १५ बजे

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५