२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभातर्फ निल



बुटवल । सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन ।

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्दैको भागमा परेको छ भने ख कांग्रेसको भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र ख माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत क नेपाली कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र काँग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभातर्फ क मा नेपाली कांग्रेस र ख मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेशसभामा क लोसपा र ख कांग्रेसको भागमा परेको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेले पाएको छ भने ५ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसले पाएको छ । त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा काँग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसका लागि छुट्टयाइएको छ ।

रुकुमपुर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने क माओवादी केन्द्र र ख कांग्रेसले पाएका छन् । प्यूठानमा प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । दाङ १ को प्रदेशसभा क मा माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र काँग्रेसले पाएको छ । त्यस्तै दाङ ३ मा प्रदेशतर्फ क काँग्रेस र ख माओवादी केन्द्रले बाँडेका छन् । बाँके १ को प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा क खाली राखिएको छ भने ख कांग्रेसको भागमा परेको छ ।

बाँके ३ मा प्रदेश क तर्फ माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश क तर्फ कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा क काँग्रेस र ख माओवादी केन्द्रले पाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ को प्रदेशतर्फ क कांग्रेस र ख माओवादीको भागमा परेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२ को प्रदेशतर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई निल गराएर चुनाव हुन्छ त ? भनेर प्रश्न गरे ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ०७ बजे

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५