२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एक सय असी घरधुरीमा खानेपानी समस्या



तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ ।

व्यास नगरपालिका-७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो ।

बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको उक्त समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीयबासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए ।

त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका-१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी बितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

उक्त समितिले व्यास नगरपालिका-१ का दुई हजार छ सय घरधुरीमा पानी बितरण गर्दै आएको थियो। लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल बर्षाका कारण पाइपमा क्षति पु¥याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ५२ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा