१२ असार २०८३, शुक्रबार | June 26, 2026

एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उम्मेदवारको पनि टुंगो लगाएको छ । शुक्रबार राति सत्ता गठबन्धनसँग सिट बाँडफाँटको टुंगो लागेसँगै नेकपा एसले पनि उम्मेदावरको टुंगो लगाएको हो ।

निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए ।

एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम-१, माधवकुमार नेपाल रौतहट-१, जगनाथ खतिवडा उदयपुर-२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा-४, जीवनराम श्रेष्ठ काठमाडौं-८ का उम्मेदवार हुनेछन् ।

यसैगरी कृष्णलाल महर्जन ललितपुर-२, राजेन्द्र पाण्डे धादिङ-१, विरोध खतिवडा मकवानपुर-२, श्रीनाथ बराल कास्की-२, रामकुमारी झाँक्री गुल्मी-२, सोमप्रसाद पाण्डे पाल्पा-२, राजु गुरुङ रुपन्देही-२ र मेटमणी चौधरी दाङ-१ बाट उम्मेदवार बन्ने छन् ।

प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख-१, शेरबहादुर कुँवर अछाम-१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : २० बजे

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी