९ पुस २०८२, बुधबार | December 24, 2025

एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उम्मेदवारको पनि टुंगो लगाएको छ । शुक्रबार राति सत्ता गठबन्धनसँग सिट बाँडफाँटको टुंगो लागेसँगै नेकपा एसले पनि उम्मेदावरको टुंगो लगाएको हो ।

निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए ।

एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम-१, माधवकुमार नेपाल रौतहट-१, जगनाथ खतिवडा उदयपुर-२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा-४, जीवनराम श्रेष्ठ काठमाडौं-८ का उम्मेदवार हुनेछन् ।

यसैगरी कृष्णलाल महर्जन ललितपुर-२, राजेन्द्र पाण्डे धादिङ-१, विरोध खतिवडा मकवानपुर-२, श्रीनाथ बराल कास्की-२, रामकुमारी झाँक्री गुल्मी-२, सोमप्रसाद पाण्डे पाल्पा-२, राजु गुरुङ रुपन्देही-२ र मेटमणी चौधरी दाङ-१ बाट उम्मेदवार बन्ने छन् ।

प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख-१, शेरबहादुर कुँवर अछाम-१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : २० बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार