काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच सिट बाँडफाँटमा सहमति बनेको छ । सहमति सँगै दुवै दल १४ जिल्लामा गठबन्धन बनाएर चुनावमा जाने भएका छन् ।
सिट बाँडफाँटसम्बन्धी सहमतिपत्रमा एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवले हस्ताक्षर गरेका छन् ।
मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु एवं सुदूरपश्चिमको कैलाली जिल्लामा दुई दलबीच तालमेलमा सहमति भएको छ ।
सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । एमालेले भने ३५ सिट लिनेछ ।

यसअघि सत्तारुढ गठबन्धनमा रहेको जसपाले आफुले भनेअनुसार सिट संख्या नपाएको भन्दै एमालेसँग गठबन्धन गर्न पुगेको थियो । यो सहमतिसँगै सत्तारुढ गठबन्धनलाई जसरी पनि भत्काउने संकल्प गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एक उद्देश्य पुरा भएको छ ।



















प्रतिक्रिया