१२ असार २०८३, शुक्रबार | June 26, 2026

एमाले र जसपाबीच औपचारिक सहमति, प्रतिनिधिसभामा १७ सिट जसपालाई



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच सिट बाँडफाँटमा सहमति बनेको छ । सहमति सँगै दुवै दल १४ जिल्लामा गठबन्धन बनाएर चुनावमा जाने भएका छन् ।

सिट बाँडफाँटसम्बन्धी सहमतिपत्रमा एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवले हस्ताक्षर गरेका छन् ।

मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु एवं सुदूरपश्चिमको कैलाली जिल्लामा दुई दलबीच तालमेलमा सहमति भएको छ ।

सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । एमालेले भने ३५ सिट लिनेछ ।

यसअघि सत्तारुढ गठबन्धनमा रहेको जसपाले आफुले भनेअनुसार सिट संख्या नपाएको भन्दै एमालेसँग गठबन्धन गर्न पुगेको थियो । यो सहमतिसँगै सत्तारुढ गठबन्धनलाई जसरी पनि भत्काउने संकल्प गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एक उद्देश्य पुरा भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ४४ बजे

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा