२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा



दाङ । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ ।

तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा तीन हजार पाँच सय ३५ घर डुबानमा परेका छन् भने ५८ घर भत्किएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ । घर डुबानमा परेपछि विस्थापित डुङ्गाको प्रयोग गरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

सबैभन्दा बढी देउखुरी क्षेत्रमा क्षति भएको छ । लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित बनेका छन् । यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका अधिकांश वडा बाढीका कारण प्रभावित छन् ।

करिब एक सय जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सक्रियतामा बाढीमा फसेकालाई उद्धार गरिएको छ । देउखुरी क्षेत्रमा बाढीले धान खेती नष्ट गरेको छ । पाकेर पाटेको धान र पाकेर काट्न ठिक्क पारेको धान डुबानमा परेको छ । लमही नगरपालिकामा एक हजार चार सय ६१ घर डुबानमा परेका छन् । ४३ पूर्णरूपमा भत्किएका छन् । यस्तै राजपुर गाउँपालिका दुई सय २१ घर डुबानमा परेका छन् । १५ घर पूर्णरूपमा भत्किएका छन् ।

राप्ती गाउँपालिकामा ६ सय १० घर डुबानमा परेका छन् । ६५ घर पूर्णरूपमा भत्किएका छन् । गढवा गाउँपालिकामा ६ सय ६० घर डुबानमा परेका छन् । ८० घर भत्किएका छन् । पूर्व पश्चिम राजमार्गमा झरेको पहिरो हटाउने प्रयास जारी छ । बिहानदेखि झरेको पहिरो हटाउन काम भइरहेको र कालाकाटेमा झरेको पहिरो हटाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । घोराही–३ मसोटखोलामा पहिरो जाँदा लमही–घोराही सडक खण्ड अवरुद्ध छ । पहिरो हटाउने प्रयास भइरहेको छ । यस्तै लमहीबाट घोराही लगिएको १३२ केभीको हाइटेन्सन लाइनको पोल ढलेको छ । “घोराही क्षेत्रमा बिजुली छैन । पहिरो पन्छाएर सडक खोल्ने काम भइरहेको छ”, प्रहरी नायब उपरीक्षक गौतमले भने । रासस

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ०५ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार