२८ चैत्र २०८२, शनिबार | April 11, 2026

नागरिक उन्मुक्ति पार्टीबाट यी हुन् कैलालीका उम्मेदवार



धनगढी । टीकापुर घटनामा अदालतले जन्म कैदको फैसला सुनाइएका निलम्बित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लाका लागि प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारको टुंगो लगाएको छ ।

सो पार्टीका प्रवक्ता दामोदर पण्डितका अनुसार जिल्लामा प्रतिनिधिसभातर्फका ५ र प्रदेशसभातर्फका १० सिटको उम्मेदवारको नाम पार्टीले टुंगो लर्गाको हो ।

कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार चयन गरिएको छ भने प्रदेशसभा (क) मा कैलाली जिल्ला कमिटी अध्यक्षसमेत रहेका कैलाश चौधरी र (ख) मा लक्ष्मण किशोर थारुलाई उम्मेदवार बनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ अरुणकुमार चौधरी, प्रदेशसभा (क) मा पार्टी महासचिव रतनकुमार थापा र (ख) मा रामेश्वर चौधरी उम्मेदवार बन्नेछन् । थापा एमाले कैलालीका निवर्तमान अध्यक्षसमेत हुन् । उनलाई एमालेले कारवाही गरेपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी केन्द्रीय सदस्य गंगा चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नेछन् भने प्रदेशसभा (क) मा घनश्याम चौधरी र (ख) मा खुसीराम चौधरी (भिमसेन) उम्मेदवार हुनेछन् । क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कैन्या चौधरी, प्रदेशसभा (क) मा राजेन्द्र देवकोटा र प्रदेशसभा (ख) मा कमल भट्टलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

त्यसैगरि नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नम्बर ५ मा टीकापुर घटनामा दोषी ठहर भएका लक्ष्मण थारुलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ भने प्रदेशसभातर्फ नाम गोप्य राखिएको छ ।

शुक्रबारसम्म देशभरका ४१ जिल्लामा उम्मेदवार उठाउने तयारी रहेको प्रवक्ता पण्डितले बताए । मनोनयन दर्ताको समयसम्म त्यो संख्या बढेर ५० जति पुग्ने उनले दाबी पनि गरे ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ५१ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र