१२ असार २०८३, शुक्रबार | June 26, 2026

निर्वाचन आयोगबाट प्रतिनिधिसभा तर्फको समानुपातिक बन्द सूची सार्वजनिक (सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । दलहरुले गत असोज २ र ३ गते बुझाएको र असोज १५ र १६ गते संशोधन गरेको बन्द सूचीलाई आयोगले आईतबार बिहान सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए भने उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तो छ आयोगले सार्वजनिक गरेको सूची :

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ३१ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस