४ पुस २०८२, शुक्रबार | December 19, 2025

डलरको मूल्य अकासियो, नेपाली मुद्रा थप कमजोर



काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ ।

नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १२ : ३९ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,