४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-२ मा विष्णु पौडेलले गराए मनोनयन दर्ता; भने – ‘अधुरा आयोजना पुरा गर्न उम्मेदवारी’



बुटवल । बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्वअर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् ।

दलबलसहित बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका पौडेलले मनोनयन दर्ता गराएको प्रमुख निवाचन उदवीर नेपालीले जानकारी दिए।

उम्मेदवारी मनोनयन दर्ता गराउनुअघि पौडेलले जनतासँग गरेका वाचा पुरा गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् ।

बुटवलमा आज उम्मेदवारी दर्ता गर्नुअघि संचारकर्मीसँग कुरा गर्दै पौडेलले रुपन्देहीमा राप्रपासँग तालमेल भएको जनाउँदै आफ्नो पार्टीका उम्मेदवार विजयी बन्ने दाबी गरे ।

पौडेलले सधैंझैं रुपन्देहीका क्षेत्र नं. २ का मतदाताले हामीलाई निर्वाचित गर्ने विश्वास व्यक्त गरे ।
पौडेलले भने ‘यहाँ सुरु गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न र थप आयोजना सुरु गर्न विशेष गरी शिक्षा स्वास्थ्य, र रोजगारीको क्षेत्रमा क्रान्तिकारी कदम चाल्नका लागि हामीलाई आफ्नो प्रतिनिधिको रुपमा मतदाताले स्वीकार गर्नुहुनेछ भन्ने विश्वास छ ।’

पौडेलले आफुले जनतासँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्दै आएका जिकिर गर्दै यसपटक पनि जनतासँग गरिएका वाचाहरु कार्यान्वयन गर्ने बताए ।

रुपन्देही २ मा मतदान केन्द्र १३१ मतदान स्थाल २३ वटा रहेका छ्न् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न । यस क्षेत्रबाट पौडेलले ३ पटक निर्वाचन जितेका छ्न् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको