१६ चैत्र २०८२, सोमबार | March 30, 2026

गृहमन्त्री खाणको मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध गरेपछि…



भैरहवा । भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो ।

आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो ।

बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स मैत्री पथमा रोकिएको थियो । गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्‍यालीमा उम्मेदवार नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतको समर्थकहरुको र्‍यालीका कारण एम्बुलेन्सलाई अवरोध हुन पुगेको हो ।

एम्बुलेन्स जाने बाटो नै नभएपछि एम्बुलेन्स र्‍याली अगाडि बढेपछि मात्रै गन्तव्यतर्फ लागेको थियो । गृहमन्त्री नै उम्मेदवार भएपछि भैरहवाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । रुटमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई पूर्ण रोक लगाइएको थियो ।

भैरहवास्थित बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ताको तालिका रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : २८ बजे

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली