४ पुस २०८२, शुक्रबार | December 19, 2025

गृहमन्त्री खाणको मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध गरेपछि…



भैरहवा । भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो ।

आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो ।

बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स मैत्री पथमा रोकिएको थियो । गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्‍यालीमा उम्मेदवार नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतको समर्थकहरुको र्‍यालीका कारण एम्बुलेन्सलाई अवरोध हुन पुगेको हो ।

एम्बुलेन्स जाने बाटो नै नभएपछि एम्बुलेन्स र्‍याली अगाडि बढेपछि मात्रै गन्तव्यतर्फ लागेको थियो । गृहमन्त्री नै उम्मेदवार भएपछि भैरहवाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । रुटमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई पूर्ण रोक लगाइएको थियो ।

भैरहवास्थित बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ताको तालिका रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको