८ आश्विन २०८३, बिहिबार | September 24, 2026

बाँके क्षेत्र नम्बर २ मा माओवादी केन्द्रमा बिद्रोह, केन्द्रीय नेता फारुकी सहितले गरे पार्टी छाडेको घोषणा



नेपालगन्ज । एमाले राप्रपा गठबन्धनलाई काउण्टर दिन जसपा उम्मेदवार मोहम्मद इस्तियाक राईलाई समर्थन गर्नु पर्ने स्थानीय पार्टी कमिटीको प्रस्ताव नेतृत्वले अस्विकार गरेपछि बाँके क्षेत्र नम्बर २ मा माओवादीका नेताहरु बिद्रोह गर्न शुरु गरेका छन् । माओवादीको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर हुसेन फारुकी सहितका दर्जन बढीका नेताहरु माओवादी परित्याग गरेको घोषणा गरेका छन् ।

फारुकी सहित बाबु खान, माओवादी लुम्बिनी प्रदेश कमिटी सदस्य आदेश अग्रवाल, बाबुखान हलवाई, जुनैद कादरी सहित दर्जन बढी नेताहरुले माओवादीबाट बिद्रोह गरेको घोषणा गरेका हुन् ।

जसपा नेता राईलाई एमाले राप्रपा गठबन्धनबाट हटाएर राप्रपा नेता धवलशम्सेर राणालाई एमालेले सघाउने निर्णय भएपछि माओवादीको स्थानीय कमिटीले राईलाई माओवादीले समर्थन गर्नु पर्ने पार्टीमा प्रस्ताव पठाएका थिए । तर नेतृत्वले सत्ता गठबन्धन छाडेर गएका जसपा नेतालाई पार्टीले समर्थन गर्न नसक्ने जनाएपछि माओवादकिा स्थानीय नेताहरुले बिद्रोह गरेका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३८ बजे

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम

ईश्वर पोखरेलसहित सात नेता एमाले स्थायी कमिटी सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा

महिला कबड्डीमा नेपालको जित, एसियाली खेलकुदमा अर्को एक पदक पक्का

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनायो सम्मानित वरिष्ठ नेता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई तारेखमा राखेर