२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बाँके क्षेत्र नम्बर २ मा माओवादी केन्द्रमा बिद्रोह, केन्द्रीय नेता फारुकी सहितले गरे पार्टी छाडेको घोषणा



नेपालगन्ज । एमाले राप्रपा गठबन्धनलाई काउण्टर दिन जसपा उम्मेदवार मोहम्मद इस्तियाक राईलाई समर्थन गर्नु पर्ने स्थानीय पार्टी कमिटीको प्रस्ताव नेतृत्वले अस्विकार गरेपछि बाँके क्षेत्र नम्बर २ मा माओवादीका नेताहरु बिद्रोह गर्न शुरु गरेका छन् । माओवादीको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर हुसेन फारुकी सहितका दर्जन बढीका नेताहरु माओवादी परित्याग गरेको घोषणा गरेका छन् ।

फारुकी सहित बाबु खान, माओवादी लुम्बिनी प्रदेश कमिटी सदस्य आदेश अग्रवाल, बाबुखान हलवाई, जुनैद कादरी सहित दर्जन बढी नेताहरुले माओवादीबाट बिद्रोह गरेको घोषणा गरेका हुन् ।

जसपा नेता राईलाई एमाले राप्रपा गठबन्धनबाट हटाएर राप्रपा नेता धवलशम्सेर राणालाई एमालेले सघाउने निर्णय भएपछि माओवादीको स्थानीय कमिटीले राईलाई माओवादीले समर्थन गर्नु पर्ने पार्टीमा प्रस्ताव पठाएका थिए । तर नेतृत्वले सत्ता गठबन्धन छाडेर गएका जसपा नेतालाई पार्टीले समर्थन गर्न नसक्ने जनाएपछि माओवादकिा स्थानीय नेताहरुले बिद्रोह गरेका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३८ बजे

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ