१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन



काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४-२ अन्तरले पराजित भयो ।

चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको लागि प्रशान्त लक्षम र धनसिंह विकले समान एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै स्ट्राइकर लिन हाइ चिङले गरेको गोलमा चाइनिज ताइपेइले अग्रता लिएको थियो । नवौं मिनेटमा कप्तान प्रशान्त लक्ष्यमको गोलमा नेपाल खेलमा १-१ को अवस्थामा फर्कियो । २८ औं मिनेटमा ताई यान याओको गोलमा ताइपेइले पुनः अग्रता लियो ।

६१ औं मिनेटमा धन सिंह विकको गोलमा नेपाल खेलमा फर्किएको थियो । ७९ औं मिनेटमा रक्षक दीपक थापा मगर दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएसँगै नेपालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । ८० औं मिनेटमा लु इन थिङको फ्रिकिक गोलमा ताइपेईले अग्रता ३-२ मा पुर्‍याएको थियो । ८९ औं मिनेटमा ताई यान याओले ताइपेईका लागि चौथो गोल गरे ।

लगातार दुई खेलमा पराजित भएसँगै छनोट चरण पार पर्ने नेपालको लक्ष्यमा पूर्णविराम लागिसकेको थियो । त्यसैले नेपालसामु चाइनिज ताइपेइविरुद्धको खेलमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर थियो । जसमा नेपाल चुक्यो ।

पहिलो खेलमा थाइल्यान्डलाई ३-० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई ५-० को नतिजा सुम्पिएको थियो ।

यता चाइनिज ताइपेइ भने प्रतियोगितामा सुखद अन्त्य गर्न सफल भएको छ । पहिलो खेलमा भियतनामसँग ४-० ले पराजित भएको चाइनिज ताइपेइले दोस्रो खेलमा थाइल्यान्डलाई ३-१ को नतिजा सुम्पिएको थियो ।

समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।

तेस्रो स्थानको चाइनिज ताइपेइको तीन अंक रह्यो भने नेपाल तीन खेलमा अंकविहीन रह्यो । आजै हुने थाइल्यान्ड र भियतनाबीचको खेलले समूह एफको विजेताको टुङ्गो लगाउने छ ।

छनोट चरणमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली स्वतः एसिया कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ६ उपविजेता टोलीले पनि एसिया कपको टिकट काट्नेछ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : २८ बजे

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन