१२ असार २०८३, शुक्रबार | June 26, 2026

प्रतिनिधिसभामा २१२८ उम्मेदवारले गरे मनोनयन दर्ता, महिलाको संख्या १९१ मात्रै



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धक रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगबाट प्राप्त पछिल्लो तथ्याङ्कानुसार २ हजार १२८ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १९३७ पुरुष र १९१ महिलाले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

यसैगरी प्रदेशसभातर्फ २८४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये २४४ महिला र १ अन्य रहेका छन् ।

कतिपय स्थानमा भने उम्मेदवारी दर्ताका लागि उम्मेदवार लामबद्ध भएकाले ढिलोसम्म दर्ता प्रक्रिया चलिरहेको छ । राजनीतिक दलले ढिलो अर्थात् अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेकाले कतिपय उम्मेदवारलाई स्वयं उपस्थित भएर मनोनयनपत्र दर्ता गराउन भ्याइनभ्याइ परेको थियो ।

मुलुकको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी नतिजा आफ्नो पक्षमा सुदृढ तुल्याउन बेग्ला–बेग्लै चुनावी गठबन्धन बनाउने सन्दर्भमा लामो समय खर्चनुपरेकाले पनि उम्मेदवार चयनमा ढिलाइ भएको हो ।

साना दलहरूलाई आफ्नो पक्षमा ल्याएर गठबन्धनलाई निकै प्रभावकारी तुल्याउन र उम्मेदवार चयनको विषय टुङ्ग्याउन दलका शीर्ष नेताबीच रस्साकस्सी र मेहनत गर्नुपरेको थियो ।

कुन–कुन दलबीच के–कस्तो गठबन्धन हुन्छ भन्ने विषयमा सर्वत्र निकै चासोका साथ हेरिएकामा उम्मेदवार मनोनयनसँगै त्यो अन्योल हटेको छ । त्यसो त प्रमुख पार्टीभित्र नै पनि उम्मेदवार चयनका विषयलाई लिएर केही आलोचना र टिप्पणीसमेत भएको पाइएको छ ।

अघिल्ला निर्वाचनमा कडा प्रतिस्पर्धी रहेका राजनीतिक दलका उम्मेदवार सहयोग र सहकार्य गर्ने प्रतिबद्धताका साथ अर्को पार्टी र आफ्नो पार्टीको झण्डा एउटै हातमा लिएर उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेको दृश्य रोचक नै थियो ।

निर्वाचनमा उम्मेदवारले दुवै पार्टीका झण्डा बोकेर हिँड्ने परिस्थिति निर्माण हुनुलाई राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुन सक्दैनन् भन्ने सन्देश प्रवाह भएको छ ।

यसपटकको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा मात्र नभई आफ्नो पार्टीभित्र निकै प्रभावशाली मानिएका डा. बाबुराम भट्टराई, डा रामशरण महत, डा मिनेन्द्र रिजाल, हरिबोल गजुरेल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्यलगायतका नेता उम्मेदवारका रूपमा देखिएनन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नेपालको संसदीय निर्वाचनका हिसाबले छैटौँ र गणतन्त्र स्थापनापछिको दोस्रो हो । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ५५ र समानुपातिकतर्फ ४९ राजनीतिक दलले भाग लिएकामा दलका एक हजार चार सय ५२ र स्वतन्त्र चार सय ९२ गरी कुल एक हजार नौ सय ४४ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र समानुपातिकतर्फ ४८ रहेको छ । मुलुकका एक सय ६५ प्रतिनिसभा सदस्य र तीन सय ३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो ।

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : २१ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ