४ पुस २०८२, शुक्रबार | December 19, 2025

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोखरेलसँग गठबन्धनबाट रेखा शर्मा भिड्दै



दाङ । कृष्णबहादुर महराको निर्वाचन क्षेत्रकारुपमा चिनिएको दाङ क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी छन् । शर्माले उम्मेदवारी दर्ता गराएपछि दाङ २ मा शर्माको प्रतिस्पर्धा एमाले महासचिव शंकर पोखरेलसँग पर्ने भएको छ ।

उम्मेदवारपिछि प्रतिक्रिया दिँदै शर्माले माओवादीको बलियो संगठन भएको भनिएको सो क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको बताइन् । उनले महराको विरासत जोगाउन र पार्टीले यस अघि तयार गरेको क्षेत्र नम्बर २ को बाँकी कामहरुलाई पुरा गर्न आफुले जित्न जरुरी भएको बताइन् ।

दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा माओवादी केन्द्रबाट शर्मा तथा प्रदेशसभा (क) बाट कांग्रेसबाट राजु खनाल र (ख)बाट प्रचण्ड न्योपाने गुन्टुले उम्मेदवारी दर्ता गराएका छन् । महराले नयाँ पुस्तालाई अवसर दिने भन्दै टिकट अस्विकार गरेपछि सो क्षेत्रमा माओवादीले शर्मालाई उम्मेदवार बनाउको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : १८ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित