३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

तनहुँमा ६२ जनाले गराए उम्मेदवारी दर्ता, महिला ४ जना मात्रै



तनहुँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ-१ मा १६, प्रदेशसभा (क) मा १२ र प्रदेशसभा (खं) मा ७ जनाको उम्मेदवारी परेको हो । यस्तै, तनहुँ-२ मा १०, प्रदेशसभा (क)मा १० र प्रदेशसभा (ख) मा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नं १ मा कांग्रेसका रामचन्द्र पौडेल, एमालेका एकबहादुर राना, राप्रपाबाट विनोद घर्तीलगायतले उम्मेदवारी दर्ता गराउँदा तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी, एमालेका किरण गुरुङलगायतले उम्मेदवारी दर्ता गराए ।

तनहुँमा ६२ जनाले उम्मेदवारी दर्ता गराउँदा महिला भने ४ जना मात्रै छन् । त्यसमध्ये प्रतिनिधिसभामा दुई र प्रदेशसभामा दुई महिलाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नं १, क्षेत्र नं २ को प्रतिनिधिसभामा महिलाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेश (ख) र क्षेत्र नं. २ को प्रदेश (ख) मा महिलाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २० बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा